अल्पसंख्यक जाति# लामा टेम्पलको इतिहास -4
2024-07-30 19:34:56CRI
Share with:

  पैचिङको दोस्रो रिङरोडको उतर-पूर्वी छेउमा एउटा उत्कृष्ठ भवन छ। यो भवन छिङ राजवंशको सबैभन्दा महत्वपूर्ण गुम्बा थियो। यो नै आजको प्रसिद्ध लामा टेम्पल हो। पैचिङमा घुम्ने हरेक पर्यटकले समय मिलेमा यो लामा टेम्पलमा पूजा-आजा गर्ने वा घुम्ने गर्दछन्। हाल योङ ह दरवार अर्थात् लामा टेम्पलमा धेरै सुन्दर बुद्ध मूर्ति र भव्य बहुमूल्य वस्तुहरू प्रदर्शन गरिएका छन्। तर त्यसमध्ये सबैभन्दा महत्वपूर्ण र लामा टेम्पलको सम्पदा मानिएको वस्तु सूनबाट बनाइएको एउटा बोटल हो। उक्त बोटलले छिङ राजवंशबाट निश्चित गरिएको “स्वर्ण कलशबाट त्यसभित्र राखिएका अक्षर अंकित सिटाहरूलाई झिकी गोला हाल्ने तरिका” पुष्टि गरेको छ।

 

लामा टेम्पलको मुख्य दरबारअगाडि एउटा मण्डप छ। यो मण्डपभित्र एउटा कोसेढुंगा राखिएको छ। उक्त कोसेढुंगामा मान, हान, तिब्बत र मंगोलियालगायत चार भाषामार्फत् “लामाको जानकारी” नामक लेख लेखिएको छ। यो लेख छ्यान लोङ सम्राटले सन् १७९२मा लेखेको हो।

त्यसमा तिब्बती बुद्ध धर्मको सुरूवात तथा विकास, अवतारीको नवजीवित अवस्थाको सुरूवात तथा समस्याबारे चर्चा गरेको छ। 

त्यसअघि नवजीवित अवतारी बालक राजनीतिक दलबाट नियन्त्रण गरिएर धेरै जालझेल-धोखा तथा भिडन्त भएका थिए। समस्याका लागि समाधान गर्न “स्वर्ण कलशबाट त्यसभित्र राखिएका अक्षर अंकित सिटाहरूलाई झिकी गोला हाल्ने तरिका”को निश्चित गरेको लेखले व्याख्या गरेको छ। जसबाट केन्द्रिय सरकारले अवतारीको पुनर्जन्मबारे प्रत्यक्ष रूपमा व्यवस्थापन गर्न निश्चित गरिएको छ।

सोही साल अर्थात् सन् १७९२  छ्यान लोङ सम्राट आफ्नो निगरानीमा दुइवटा स्वर्ण कलश बनाइएका थिए। त्यसमध्ये एउटा ल्हासामा पठाइएर तिब्बत वरिपरि नवजीवित अवतारी बालकका लागि अक्षर अंकित सिटाहरूलाई झिकी गोला हाल्ने समारोहमा प्रयोग गरिएको थियो। अर्को स्वर्ण कलश पैचिङअवस्थित लामा टेम्पलमा पठाइएको थियो। जसलाई हाल भित्री मंगोलिया र मंगोलिया, कान सु तथा छिङ हाइलगायत क्षेत्रमा नवजीवित अवतारी बालकका लागि अक्षर अंकित सिटाहरूलाई झिकी गोला हाल्ने समारोहमा प्रयोग गरिएको थियो।

 

तथ्याङ्कका अनुसार, सन् १७९३देखि १९११सम्म ल्हासामा ७०पटक भन्दा बढी “स्वर्ण कलशबाट त्यसभित्र राखिएका अक्षरअंकित सिटाहरूलाई झिकी गोला हाल्ने तरिका”को आयोजना हुनुका साथै लामा टेम्पलमा २० पटक भन्दा बढी पुगेको छ। यो तरिकाले कानूनको तर्फबाट नवजीवित अवतारी बालक छान्ने तरिकालाई निश्चित गरेको छ। जसले धर्मावलम्बीको विश्वासलाई बढाएको छ। क्रमशः ऐतिहासिक परिपाटी बनेको छ। दशौं, एघारौं, बाह्रौं दलाइ र आठौं, नवौं र एघारौं पञ्चेन उक्त तरिकाबाट निश्चित भएका थिए।  यो परिपाटीको निश्चिततापछि नवजीवित अवतारी बालकसम्बन्धी मामिलामा भिडन्तका कारण विदेशीलाई लुटपाट गर्न उक्साउने अवस्था अन्त्य भयो। मंगोलिया तथा तिब्बती क्षेत्रलाई स्थिर पार्न, धर्ममा उच्च तहका मान्छेहरू र भिक्षु-लामा तथा सर्वसाधारणलाई एकीकृत पार्नका लागि यो परिपाटी सहयोगी हुनुका साथै केन्द्रिय सरकार र तिब्बत क्षेत्रीय शक्तिको सम्बन्धलाई सुदृढ पनि पारेको छ।