सीपीसी २०औँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकको भावनाबारेमा सीको महत्वपूर्ण निर्देशन
2024-07-31 19:03:07cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले हालै २०औँ चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकको भावनाको अध्ययन र कार्यान्वयन गर्नु र संस्थाहरूमा पार्टी निर्माणको उच्च गुणस्तरीय विकासलाई बढाउने विषयबारे केन्द्रीय र राष्ट्रिय अङ्ग संस्थाहरूलाई महत्वपूर्ण निर्देशन दिनुभएको छ।

२० औँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकको भावनाको अध्ययन र कार्यान्वयन नै वर्तमान र भविष्यको केही समयमा पार्टी र देशका लागि प्रमुख राजनीतिक कार्य भएकोमा सीले जोड दिनुभयो।

प्राप्त जानकारी अनुसार, चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकको भावनाको अध्ययन र कार्यान्वयन तथा अङ्गहरूमा पार्टी निर्माणको उच्च गुणस्तरिय विकासको प्रवर्द्धनसम्बन्धी गोष्ठी जुलाई ३१ तारिखका दिन पैचिङमा आयोजित भएको छ।

गोष्ठीमा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनैतिक ब्युरोको स्थायी समितिका सदस्य छाई छीले सी चिनफिङका महत्वपूर्ण निर्देशनहरूबारे अवगत गराउनुभएको छ।