कायरोमा “चीनको नयाँ युगमा गहन सुधारको विश्व अवसर” संवाद तथा चीन-इजिप्ट साझेदारी सांस्कृतिक आदानप्रदान गतिविधि आयोजना
2024-07-31 16:12:49CRI
Share with:

स्थानीय समय जुलाई ३० तारिख चाइना मिडिया ग्रुप, इजिप्ट पर्यटन तथा सांस्कृतिक अवशेष विभाग र इजिप्टस्थित चिनियाँ दूतावासले संयुक्त रूपमा “चीनको नयाँ युगमा गहन सुधारको विश्व अवसर” संवाद तथा चीन-इजिप्ट साझेदारी सांस्कृतिक आदानप्रदान गतिविधि कायरोमा आयोजना गरेका छन्। दुई देशका अतिथिहरूले चिनियाँ नयाँ युगमा विस्तृत् गहिरो सुधारले ल्याउने विश्वका विकास अवसरहरूबारे आदानप्रदान गरेका छन्। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति प्रसार विभागका उपनिर्देशक तथा चाइना मिडिय ग्रुपका महानिर्देशक शन हाइ स्योङले चीनको गहन सुधार तथा खुलापनले विश्वका देशहरूको ध्यानाकर्षण गरेको बताउनुभयो। चीनले अघि बढाउने विस्तृत् गहन सुधारले जटिल परिवर्तनमुखी विश्वमा बहुमूल्य निश्चिततालाई ल्याउने, अझै बढी विकासको अवसर सिर्जना गर्ने र मानवको संयुक्त विकास र समृद्धिमा चिनियाँ बल थप्ने बताउनुभयो।

सो गतिविधिमा, चाइना मिडिया ग्रुपद्वारा बनाएको भिडियो अरबी भाषाको “मानव सभ्यताको नयाँ शैली-चिनियाँ शैलीको आधुनिकीकरण” प्रसारण गरियो। सोही दिन इजिप्टका मुख्य मिडियामा प्रसार पनि गरिएको थियो।