सीपीसी केन्द्रीय समितिको राजनैतिक ब्युरोको १६ औँ सामूहिक अध्ययन सत्र आयोजित
2024-07-31 15:57:38cri
Share with:

जुलाई ३० तारिख दिउँसो,  चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको राजनीतिक ब्यूरोले आधुनिक सीमा, समुद्री र हवाई प्रतिरक्षाको निर्माणलाई बढाउनेबारे १६ औं सामूहिक अध्ययन सत्र आयोजना गरेको छ। सो सत्रमा आधुनिक सीमा, समुद्री र हवाई प्रतिरक्षाको निर्माणलाई बढाउने विषयमा जानकारी गराइनुका साथै सम्बद्ध कार्य प्रस्तावलाई अघि सारिएको छ। सीपीसी केन्द्रीय समितिको पोलिटिकल ब्युरोका कमरेडहरूले स्पष्टीकरणमा  ध्यान दिएर सुन्नुभयो र छलफल गर्नुभयो।

सीपीसी केन्द्रीय समितिका महासचिव सी चिनफिङले सो अध्ययन सत्रको अध्यक्षता गर्दै एक महत्वपूर्ण भाषण दिनुभयो।

आधुनिक सीमा, समुद्री र वायु रक्षाको निर्माणलाई बढाउनु नै राष्ट्रिय रक्षा र सशस्त्र सेनाको आधुनिकीकरणको लागि एक अन्तर्निहित आवश्यकता हो र उच्च-स्तरीय सुरक्षाको उच्च गुणस्तरिय विकासलाई सुनिश्चित गर्ने उचित वास्तविकता पनि हो, जुन चिनियाँ शैलीको आधुनिकीकरणमार्फत् बलियो देशको निर्माण गर्न र राष्ट्रिय पुनरुत्थानको महान कार्यलाई व्यापक रूपमा बढाउनको लागि ठूलो महत्व रहेको पनि उहाँले पुष्टि गर्नुभएको छ।

नयाँ युगबारे चर्चा गर्दै सीले भन्नुभयो, ‘चिनियाँ विशेषतायुक्त समाजवादको विचारधाराको मार्गनिर्देशनको पालना गर्दै राष्ट्रिय सुरक्षा रणनीति र सैन्य रणनीतिको समग्र स्थितिमा आधारित भई, समग्र स्वदेशी र अन्तर्राष्ट्रिय परिस्थितिको समन्वय गर्दा, सीमा, समुद्र र हवाई प्रतिरक्षाका नयाँ परिस्थिति, नयाँ विशेषता र नयाँ आवश्यकतालाई बुझ्नुपर्छ। बलियो र स्थिर आधुनिक सीमा, समुद्र र हवाई प्रतिरक्षा निर्माण गर्ने प्रयास गर्न आवश्यक छ।’

सीपीसी केन्द्रीय समितिको राजनीतिक ब्यूरोको उक्त सामूहिक अध्ययन सत्र अगस्त १ तारिख चिनियाँ सेना दिवसको पूर्वसन्ध्यामा आयोजित गरिएको हो। सो अवसरमा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समिति र केन्द्रीय सैन्य आयोगका तर्फबाट सी चिनफिङले जनमुक्ति सेनाका सबै कमाण्डर तथा लडाकु, सशस्त्र प्रहरी बलका अधिकृत तथा सैनिकहरुलाई हार्दिक शुभकामना पनि व्यक्त गर्नुभयो ।