जापान र अमेरिकाको संयुक्त वक्तव्यप्रति सीजीटीएनद्वारा जनमत सर्वेक्षण
2024-07-31 14:59:21CRI
Share with:

हाल जापान र अमेरिका दुवै देशले परराष्ट्र र प्रतिरक्षा मामिला २ जोड २ छलफल सम्पन्न भएपछि एउटा संयुक्त बक्तव्य जारी गरेका छन्। उक्त वक्तव्यका अनुसार जापानमा तैनाथ अमेरिकी सेनाले मिलिजुली सैन्य कमान्डर विभागको स्थापना गर्न निश्चित गरेका छन्। जापानमा तैनाथ अमेरिकी सैन्य कमान्डर विभागले संयुक्त फौज मुख्यालयको रूपमा परिणत गरेपछि जापानसित ठूलो परिमाणको सैनिक कारवाई चलाउनसक्नेछ। त्यो संयुक्त बक्तव्यप्रति अन्तर्राष्ट्रिय जनमतको ध्यान खिचिएको छ।

यस सन्दर्भमा चाइना मिडिया ग्रुपको सीजीटीएनले विश्वभरका इन्टरनेनट प्रयोगकर्तासमक्ष एउटा जनमत सर्वेक्षण गरेको छ। ८१.६९ प्रतिशत इन्टरनेट प्रयोगकर्ताले के ठहर गरेका छन् भने जापान र अमेरिकाले स्थापना गरेको सैनिक सुरक्षाको सानो चक्रले क्षेत्रीय शान्ति र स्थिरतामा नयाँ त्रास-धम्की ल्याउने भएकाले अन्तर्राष्ट्रिय समाजले त्यसप्रति उच्च सतर्कता राख्नुपर्छ।

सीजीटीएनको अँग्रेजी, स्पेनिश, फ्रान्स, अरबी र रूसी प्लेटफर्ममा उक्त सर्वेक्षण गरिएको थियो। २४ घण्टाभित्र ७२५४ इन्टरनेट प्रयोगकर्ताले जनमत सर्वेक्षणमा मतदान गरेको जनाइएको छ।