अगस्ट १ तारिख, चाइना मिडिया ग्रूप, इजिप्ट लक्सर संग्रहालय र काइरो चीन सांस्कृतिक केन्द्रको संयुक्त संयोजनमा "ल्याङछुसँगको भेट" २०२४ विश्व घुम्ती प्रदर्शनी.लक्सर विशेष प्रदर्शनी लक्सर संग्रहालयमा सुरू भएको छ। चाइना मिडिया ग्रूपका महानिर्देशक शन हाइस्योङ र इजिप्टको लक्सर प्रान्तका गभर्नर इमाराले विशेष प्रदर्शनीको शुभारम्भ गर्नुका साथै संस्कृति, पर्यटन, मिडिया र लगायतका क्षेत्रमा पारस्परिक हितकर सहयोगका बारेमा गहन रुपमा आदानप्रदान गर्नुभएको छ।
"ल्याङछुसँगको भेट" २०२४ विश्व घुम्ती प्रदर्शनी • लक्सर विशेष प्रदर्शनीमा ल्याङछुको प्राचीन शहरको भग्नावशेष, परिधीय जल संरक्षण प्रणाली, कृषि उत्पादन उपकरण, आदिम अक्षर प्रतीकहरु र उत्कृष्ट जेड उत्पादन आदिमा ध्यान केन्द्रित गरिन्छ र व्यापक रूप ल्याङछु संस्कृतिको लामो इतिहास र समृद्ध अर्थको परिचय दिन्छ। साथै, सो प्रदर्शनीमा आधुनिक वैज्ञानिक र प्राविधिक माध्यमबाट चिनियाँ सभ्यता र प्राचीन इजिप्ट सभ्यताको विकास सन्दर्भको अन्वेषण पनि गरिन्छ र सभ्यताहरूको विविधतालाई बुझ्न र संरक्षण गर्न आह्वान पनि गरिन्छ। उक्त अगष्ट १ तारिखदेखि सुरू भएको विशेष प्रदर्शनी लक्सर संग्रहालयमा एक महिनासम्म चल्ने बताइएको छ।