हालै चाइना मिडिया ग्रुपको संयोजकत्वमा “नयाँ युगमा चीनको सुधारको गहनतामा विश्वका लागि अवसर” विश्वव्यापी संवाद कार्यक्रम सम्बन्धी ल्याटिन-अमेरिका गतिविधि, चीन-ल्याटिन अमेरिका थिङ्कट्याङ्क गतिविधि र ब्राजिल गतिविधि लगायतका विविध गतिविधिहरूको आयोजना गरिएको छ। ती श्रृङ्खलाबद्ध संवाद कार्यक्रममा ल्याटिन-अमेरिकी मुलुकका राजनीतिज्ञ, थिङ्कट्याङ्क मण्डलका विशेषज्ञ र मिडिया संस्थाका पत्रकार लगायतका विविध क्षेत्रका व्यक्तिहरू भेला भई चिनियाँ कम्युनिष्ट पार्टी २० औँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकको वैश्विक अर्थ बमोजिम चीनले सुधारलाई अझ गहन पार्ने कुराले चीन-ल्याटिन अमेरिका सहकार्यका लागि ल्याउने नयाँ अवसर आदि विषयहरूबारे विस्तृत रूपमा वैचारिक आदान प्रदान गरेका छन्।
होण्डुरसका कङ्ग्रेसो टिभी, होण्डुरस च्यानल ८, ब्राजिल २४७ समाचार सञ्जाल र ब्राजिलकै नोभा नोर्डेस्टी टेलिभिजन स्टेशन लगायत स्थानीय मुख्य मिडिया संस्थाहरूले ती ल्याटिन-अमेरिका गतिविधिहरूको रिले प्रसारण र रिपोर्ट गरेका छन्। साथै, स्थानीय दर्शकहरूले पनि सकारात्मक मुल्याङ्कन गरेका छन्।