जुलाई ३१ तारिख, इरान, चीन, अल्जेरिया र रूसको माग अनुसार संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्ले हमासका नेता इस्माइल हानियाको गोप्य रूपमा गरिएको हत्या काण्डबारे आपतकालीन बैठकको आयोजना गरेको छ। संयुक्त राष्ट्र संघका लागि चिनियाँ आबासीय प्रतिनिधि फु छोङले बैठकलाई सम्बोधन गर्दै हानिया लक्षित गोप्य हत्याको चीनले दृढताका साथ विरोध गर्नुका साथै कडा शब्दमा त्यसको निन्दा गरेको बताउनुभएको छ।
प्रतिनिधि फु छोङका अनुसार, यस क्रुर कारवाईले शान्तिपूर्ण प्रयासलाई ध्वस्त पारेको मात्र नभई विभिन्न मुलुकको सार्वभौमिकता र भूखण्डको अविच्छिन्नताको सम्मान गरिने संयुक्त राष्ट्र संघ बडापत्रमा उल्लेखित आधारभूत सिद्धान्तको जबरजस्ती उल्लङ्घन गरेको छ। यस घटनाबाट सम्भवत: क्षेत्रीय परिस्थिति चर्कँदै जाने कुराप्रति चीन निकै चिन्तित छ।
सम्पूर्ण रूपमा सुरक्षा परिषद्का सम्बद्ध निर्णय प्रस्तावलाई व्यवहारमा उतार्नुका साथै तत्काल गाजामा रहेका सबै सैनिक कारवाई बन्द गरी गाजा क्षेत्रका सर्वसाधारण लक्षित सामूहिक सजाय बन्द गर्न चीनले इजरायललाई ताकिता गरेको पनि प्रतिनिधि फु छोङले बताउनुभएको छ।