अमेरिकाले मानव अधिकारसम्बन्धी गलत कामहरू सच्याउनुपर्छ: चीन
2024-08-02 19:28:34cri
Share with:

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन च्यानले अगस्ट २ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा अमेरिकी इन्डियनहरूले भोगेको ऐतिहासिक अन्यायबारे सोधिएको प्रश्नको जवाफ दिनुभएको छ। उहाँले विस्तृत रुपमा अमेरिकी इन्डियनहरूमाथि भएको ऐतिहासिक अन्यायको पूर्ण रूपमा सामना गर्नुपर्ने र अमेरिकाका विश्वव्यापी मानव अधिकार सम्बन्धि कुकर्महरू सच्याउनुपर्ने धारणा व्यक्त गर्नुभयो।

प्राप्त जानकारी अनुसार, अमेरिकी गृह मन्त्रालयले हालै "फेडरल इन्डियन बोर्डिङ स्कूल तथ्य सम्बन्धि अवधारणा" प्रोजेक्टरको अनुसन्धान प्रतिवेदनको दोस्रो खण्ड जारी गर्यो। सो प्रतिवेदनमा अमेरिका सरकारद्वारा सञ्चालित वा समर्थित बोर्डिङ स्कूलहरूमा भाग लिने क्रममा लगभग १ हजार जना आदिवासी बालबालिकाहरूको मृत्यु भयो, जहाँ आदिवासी बालबालिकाहरुलाई जबर्जस्ती धर्म परिवर्तन गरिएको साथै आफ्नो मातृभाषा बोलेको कारण शारीरिक दुर्व्यवहार र दण्डित गरियो। ती कुकर्महरुले आदिवासी समुदायहरूमा चीरस्थायी दाग छोडेको छ।

यस सम्बन्धमा प्रवक्ता लिन च्यानले अगाडि भन्नुभयोः चीनले सम्बन्धित रिपोर्टमा ध्यान दिएको छ। अमेरिकाले लामो समयसम्म यो कालो इतिहासलाई बेवास्ता गरी लुकाउन प्रयास मात्र गर्यो अनि मानव अधिकारको आडमा अन्य देशहरूमा 'जबर्जस्ती श्रम' र 'जबर्जस्ती आत्मसात गरेको' गलत जानकारी फैलाएको छ। गाजामा अभूतपूर्व मानवीय संकटप्रति उदासीन छ र अमेरिकी सेनाले अन्य देशहरूमा अन्धाधुन्ध हत्या र कैदी दुर्व्यवहार जस्ता जघन्य अपराधहरूको वास्ता गर्दैन। अमेरिकाले इतिहासबाट पाठ सिक्नुपर्छ, आफूलाई मनन गर्नुपर्छ र आफ्नै 'मानव अधिकार रोग' र अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने रोगको उचित उपचार गर्नुपर्छ ।