अमेरिका र रूसले सम्पर्क र संवादको माध्यमबाट आपसी मुद्दा मिलाउने चीनको आशा
2024-08-02 19:10:47cri
Share with:

अगष्ट २ तारिख चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन च्यानले नियमित पत्रकार सम्मेलनमा बोल्दै रुसले २६ जना कैदीलाई अमेरिकी पत्रकारसहित पश्चिमा मुलुकसँग साटासाट गरेको बारेमा कुनै टिप्पणी छ? भन्ने प्रश्नको जवाफ दिनुभएको छ।

सो अवसरमा प्रवक्ता लिन च्यानले यसरी भन्नुभयोः "अमेरिका र रूस दुवै संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदका स्थायी सदस्यहरू हुन् र प्रभावशाली शक्तिहरू पनि हुन् भन्ने सान्दर्भिक रिपोर्टहरूमा हामीले नजर पुर्याएका छौं। हामी आशा गर्दछौं कि अमेरिका र रूसले सम्पर्क र संवादको माध्यमबाट द्विपक्षीय सम्बन्धका मुद्दाहरूको समाधान गर्नेछन्, जुन अन्तर्राष्ट्रिय र क्षेत्रीय शान्ति र स्थिरताको लागि अनुकूल छ।