“चीनको नयाँ युगको गहन सुधारबाट विश्वलाई अवसर”विषयक विश्वव्यापी संवाद विभिन्न एशियाली मुलुकमा आयोजना
2024-08-02 11:05:27CRI
Share with:

हालैका दिनहरूमा चाइना मिडिया ग्रुपले “चीनको नयाँ युगको गहन सुधारबाट विश्वलाई अवसर” विषयक विश्वव्यापी संवाद जापान, दक्षिण कोरिया, भारत, मलेसिया, फिलिपिन्स, म्यानमार, टर्की, अफगानिस्तान, मंगोलिया लगायतका देशहरूमा निरन्तरताका साथ आयोजना गरेको छ। एशियाली देशहरूका राजनीतिक नेताहरू, सम्बन्धित् विशेषज्ञहरू, उद्योगका प्रमुखहरू, मिडियाकर्मी तथा युवा प्रतिनिधिहरूले गहन सुधार र उच्च स्तरीय खुलापन लगायतका विषयसम्बन्धमा चर्चा गर्दै चीनको उच्च गुणस्तरीय विकासले एशियाली देशहरूमा ल्याउने अवसरहरू बारे छलफल गरेका छन्।

म्यानमार, दक्षिण कोरिया, टर्की र अफगानिस्तानका युवा प्रतिनिधिहरू, मिडियाकर्मीहरू, उद्योगपति तथा विशेषज्ञहरूले चीनको विकासले विश्वका विभिन्न देशहरूसमक्ष विस्तृत सहयोग अवसरहरू उपलब्ध गराएको बताएका छन्।

एशियामा आयोजित श्रृँखलाबद्ध गतिविधिहरूलाई स्थानीय मुख्य मिडियाहरूले विस्तृत रूपमा प्रचार प्रसार गरेका छन्। साथै विदेशी मुख्य मिडियाहरूले पनि सो गतिविधिको प्रचार प्रसार गरेका छन्।