कोलम्बो बन्दरगाह शहरको ‘ओभरपास’ परियोजनाको निर्माण सन् २०१९ सेप्टेम्बर महिनादेखि शुरू भएको हो। कोलम्बो बन्दरानाइके अन्तर्राष्ट्रिय विमानस्थल र कोलम्बो बन्दरगाह शहर जोड्ने यो ओभरपासको कुल लम्बाई ५.२७ किलोमिटर छ। यो ओभरपासको निर्माण गरिएपछि श्रीलंकाको राष्ट्रिय एक्सवे सञ्जाल र कोलम्बो बन्दरगाहसँग जोडिने छ। यो ओभरपासले कोलम्बो र श्रीलंकाको यातायात ढुवानीका लागि सुविधा उपलब्ध गराउने छ। साथै बन्दरगाहको सामानको ढुवानी र क्षेत्रीय व्यापारका लागि यो ओभरपासको महत्वपूर्ण अर्थ रहने छ। कोलम्बो बन्दरगाह शहरको ओभरपास परियोजनाअन्तर्गत श्रीलंकाली जिम्मवार व्यक्ति हासा भन्नुहुन्छ “श्रीलंकाका लागि यो ओभरपास परियोजना निकै महत्वपूर्ण छ। अर्थतन्त्र र अरु क्षेत्रहरूमा पनि। कोलम्बो बन्दरगाह श्रीलंकाको एक महत्वपूर्ण बन्दरगाह हो। बन्दरगाहमा एक ओभरपासको निर्माण गरेमा श्रीलंकाको व्यापारका लागि ठूलो हित छ।”
चालू वर्ष ४३ वर्षका हासा सन् २०११ देखि सन् २०१४ सम्म अध्ययनका लागि चीन जानुभएको थियो। उहाँले कम्प्युटर इन्जिनियरिङ विषयमा मास्टर डिग्री गर्नुभयो। उहाँले कोलम्बो बन्दरगाह शहरको ओभरपास परियोजनामा काम गर्नुभएपछि हरेक दिन चिनियाँ ईन्जिनियरहरूसँग काम गर्नुभएको छ र एक अर्काबाट सिक्नुभएको छ। हाल उहाँ इन्जिनियरिङ निर्माणका व्यवस्थापन वरिष्ठ व्यक्ति बन्नुभएको छ। हासाजस्तै उच्च प्राविधिक व्यक्तिबाहेक, केही सामान्य श्रीलंकाली युवाहरूले यो परियोजनाबाट फाइदा पाएका छन्। एकजना युवा भन्छन् “मैले यो परियोजनामा धेरै फाइदा प्राप्त गरेँ। मैले चिनियाँ सहकर्मीहरूसँग दुई वर्षसम्म काम गरेँ। उनीहरू निकै राम्रा छन्। मेरो तलब पनि राम्रो छ। मैले मेरो परिवारका लागि धेरै कठिनाइको समाधान गर्नसक्छु। चिनियाँ साथीहरूसँग काम गर्न मलाई निकै खुशी लाग्यो।”
निर्माण परियोजनाको मुलुकका लागि रोजगार अवसरको सिर्जना गर्नु र स्थानीय वासिन्दाको जीवनको सुधार गर्नु चिनियाँ उद्योग-व्यवसायले विदेशमा काम गर्दाको सामाजिक दायित्व हो। चिनियाँ युवा निर्माणकर्तालाई पनि गौरब लाग्यो। कोलम्बो बन्दरगाहको ओभरपास परियोजनाका प्रधान इन्जिनियरिङ छि स्याङ यु भन्नुहुन्छ “हाम्रो परियोजनाले श्रीलंकाका लागि १०००देखि २००० हजारसम्मको रोजगार अवसर उपलब्ध गरायो। स्थानीय वासिन्दाको पारिवारिक आम्दानी बढ्यो। परियोजनाले जीवनमा गुणस्तर पनि बढ्यो। हरेक दिन श्रीलंकाका इन्जिनियरिङ र मजदूरसँग काम गरेको, उनीहरूको जीवन क्रमशः राम्रो बन्दै गएको देखेर मलाई खुशी लाग्यो। यो चिनियाँ उद्योग-व्यवसायको एक सामाजिक दायित्व हो।”