"चीनको नयाँ युगमा गहन सुधारबाट विश्वका लागि अवसरहरू" विषयक विश्वव्यापी संवादको युवा शृङ्खला आयोजित
2024-08-03 17:26:45cri
Share with:

जर्मनी, अष्ट्रिया, ग्रीस, भारत, भारत, श्रीलङ्का लगायतका देशका युवा विद्वानहरू, इन्टरनेट सेलिब्रिटी ब्लगरहरू, विचारकहरूले चिनियाँहरुसँग शिक्षा, नवीनता र प्रतिभामा चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा राखिएको रणनीतिक परिचालनबारे छलफल गरेका छन्। चाइना मिडिया ग्रूपले आयोजना गरेको सो संवादमा सहभागीहरुले चिनियाँ शैलीको आधुनिकीकरणले विश्वभरका युवाहरूलाई ल्याएका अवसरहरूको बारेमा छलफल गरेका छन्।

ग्रीसका लागि चिनियाँ राजदूत स्याउ च्युनचङले भिडियो सम्बोधन गर्दै पूर्ण बैठकमा प्रस्तुत प्रस्तावले चीनको भावी विकासप्रति ग्रीसका जनताको विश्वासलाई बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।

श्रीलङ्काका चर्चित युट्युबर चन्द्रुले सम्बोधन गर्दै दीर्घकालीन विकासका लक्ष्यमा चीनको ध्यान केन्द्रित भएको र चिनियाँ जनताको आत्मविश्वास नै विश्वप्रसिद्ध चीनको निर्माण उपलब्धिको आधार भएको विचार व्यक्त गर्नुभयो। भविष्यमा, नवीनतामा केन्द्रित नयाँ गुणस्तरिय उत्पादक शक्ति नै विश्वव्यापी विकासको नेतृत्व चीनले गर्ने कुञ्जी हुने धारणा पनि उहाँले व्यक्त गर्नुभयो।

जर्मनी र अष्ट्रियाका युवा शिक्षकहरूले जर्मन-अस्ट्रिया युवा मञ्चलाई सम्बोधन गर्दै राष्ट्रिय विकास रणनीतिको समग्र स्थितिमा आधारित चीनले शिक्षा प्रणालीको सुधारलाई गहन बनाउँदै, नवीन प्रतिभाहरू हुर्काइरहेको छ। ती प्रतिभाहरुले उच्च गुणस्तरीय विकासलाई बढाउँदै चिनियाँ शैलीको आधुनिकीकरणको नेतृत्व गरिरहेका छन्। र यसै प्रक्रियाबाट विश्वका युवाहरूको लागि अधिक अवसरहरू ल्याउने विश्वास पनि उहाँहरुले व्यक्त गर्नुभएको छ।

प्राप्त जानकारी अनुसार,  जेड युथ पुस्ताको विश्व संवादहरुको प्रसारण जर्मनी, अस्ट्रिया आदि मुलुकका स्थानीय मुख्य मिडियाहरुमा व्यापक रूपमा गरिएको छ।  तीमध्ये जर्मनी फाइनान्स च्यानल, जर्मन प्रेस न्यूज च्यानल, जर्मनी डेर स्पिगेलको वित्तीय वेबसाइट, जर्मनी वित्तीय सूचना नेटवर्क, ग्रीस टाइपोलोजी न्यूज नेटवर्क, ग्रीस पारोन न्यूज नेटवर्कहरुमा सम्बद्ध रिपोर्ट गरिएको छ।