उरुमुछीको "इन्टरनेट प्रसिद्ध सडक"मा पर्यटकहरूले खानाको स्वाद लिँदै
2024-08-03 20:03:50CRI
Share with:
चीनको सिन्च्याङ युगुर स्वायत्त प्रदेशीय सदरमुकाम उरुमुछी शहरको हथ्येन नम्बर २ सडक इन्टरनेटमा निकै प्रसिद्ध र चर्चित सडक हो। प्राप्त रिपोर्टका अनुसार, यस सडकमा पिलाफ चामल, मम, मासुको सेकुवा लगायतका विशेष खानाहरू पाइन्छ। सडकमा हिंड्दा, विभिन्न किसिमका सुगन्ध पाएर मुखमा पानी आइहाल्छ। यहाँको किफायती मूल्यको कारणले, हथ्येन नम्बर २ सडक अनलाइन प्लेटफर्महरूमा निकै लोकप्रिय भएको छ र धेरै पर्यटकहरूलाई आकर्षित गराइरहेको छ।