सन् २०२४ जुलाई २८ तारिख बिहान, पूर्वी टिमोरका राष्ट्रपति जोसमानुएल रामोस-होर्टा चार दिने चीनको राजकीय भ्रमणका लागि पैचिङ आउनुभयो। सन् २०२२मा कार्यभार सम्हालेयता उहाँको यो पहिलो चीन भ्रमण थियो र दुई देश बीचको कूटनीतिक सम्बन्ध स्थापना भएयता पूर्वी टिमोरका राष्ट्रपतिको यो पहिलो चीन राजकीय भ्रमण पनि हो।
चाइना मिडिया ग्रूपसँगको विशेष अन्तर्वार्तामा पूर्वी टिमोरका राष्ट्रपति होर्टाले आफ्नो पहिलो चीन भ्रमणको सिंहावलोकन गर्दै भन्नुभयोः सन् १९७६ मा पहिलो पटक चीनको भ्रमण आउँदा अधिकांशले कालो वा खैरो लुगा लगाएको देखेको थिएँ र कहिलेकाहीं मात्र एउटा/दुईटा बस देख्न पाइन्थ्यो। तर आधा शताब्दीपछिको आज चीनमा नाटकीय रूपमा परिवर्तन भएको रहेछ।
चिनियाँ शैलीको आधुनिकीकरणको बारेमा चर्चा गर्दै राष्ट्रपति होर्टाले यसरी भन्नुभयोः "ममा सबैभन्दा गहिरो छाप पारिएको कुरा के हो भने यो विशाल देशले अति गरिबीलाई पूर्ण रूपमा उन्मूलन गरेको छ। गरीब कृषि अर्थव्यवस्थाबाट आजको विज्ञान र प्रविधि, स्वास्थ्य सेवा, आदि धेरै क्षेत्रहरूमा धेरै उन्नत देशमा रूपान्तरण भएको छ। आजकल, पूर्वी टिमोरमा जुत्ता नलगाउने बच्चाहरू कमै देखिन्छ र लगभग हरेक बच्चालाई चिनियाँ-निर्मित, सस्तो स्कूल ब्याग बोकेको पाउनुहुन्छ। चिनियाँहरू अन्तर्राष्ट्रिय बजारको अध्ययनमा धेरै बुद्धिमान छन्। उनीहरूलाई थाहा छ कि संसारमा सम्भवतः लगभग दुई वा तीन अर्ब मानिसहरूले एक दिनमा २-५ डलर मात्र खर्च गर्न सक्छन्। त्यसैले ती मानिसहरूका लागि चिनियाँ सामान उत्पादन गर्छन्। यो बजार एसिया, अफ्रिका वा युरोपमा समेत फैलिएको हुन सक्छ। यसको अर्थ यो होइन कि चीनले यी सस्तो वस्तुहरू मात्र उत्पादन गर्दछ, बरु चीनले उच्च प्रविधिका उत्पादनहरू उत्पादन गर्दछ। तसर्थ, चिनियाँहरूले मात्र विश्वका गरिबहरूलाई आफूले किन्न सक्ने सामानहरू उपलब्ध गराउन सक्छन् र यो चीनको बुद्धिमत्ता हो।”