क्वाडसी प्रान्तमा बाँसको तामा काट्ने प्रतियोगिता
2024-08-04 10:15:00CRI
Share with:

हालै चीनको क्वाङ सी चुवाङ जातीय स्वायत्त प्रदेशको थ्यानलिन जिल्लामा बाँस तामा काट्ने महोत्सव आयोजित भइरहेको छ। बाँसका हाँगाहरू टिप्ने, बाँसका छालाहरू छिमल्ने र "बाँसका तामा राजा"को मूल्यांकन गर्ने जस्ता विविध कार्यक्रमहरुबाट थुप्रै बाँसका तामा टिप्ने किसानहरूलाई भाग लिन आकर्षित गऱाइएको छ। बितेका वर्षहरूमा, थ्यानलिन जिल्लामा तामा उद्योग जोडदार रूपमा विकास भैसकेको छ। सम्पूर्ण जिल्लामा तामा खेती १६.२ हजार हेक्टर पुगेको छ। यहाँको तामा उत्पादनहरू आन्तरिक र विदेशमा निर्यात गरिन्छ। जसले गर्दा, स्थानीय मानिसहरूको आयमा वृद्धि भएको साथै प्रभावकारी रूपमा ग्रामीण पुनरुत्थानमा मद्दत पनि गरिएको छ।