"चीनको नयाँ युगमा गहन सुधारबाट विश्वका लागि अवसरहरू" विषयक विश्वव्यापी संवाद थाइल्याण्ड र पाकिस्तानमा आयोजित
2024-08-04 16:32:59cri
Share with:

 

स्थानीय समय अनुसार, अगष्ट २ तारिख चाइना मिडिया ग्रूप, थाई-चिनियाँ पत्रकार संघ र पाकिस्तान योजना, विकास तथा विशेष जिम्मेवारी मन्त्रालयको संयुक्त संयोजनमा थाइल्याण्ड र पाकिस्तानमा "चीनको नयाँ युगमा गहन सुधारबाट विश्वका लागि अवसरहरू" विषयक विश्वव्यापी संवाद सफलतापूर्वक आयोजित भयो।

थाइल्याण्डका उपप्रधानमन्त्री एवं वाणिज्यमन्त्री फुम्थाम वेच्याचै, पाकिस्तानका योजना, विकास तथा विशेष जिम्मेवारी मन्त्री  अहसान इकबाल लगायतका विशिष्ट व्यक्तिहरू, प्राज्ञिक विज्ञहरूले चिनियाँ कम्युनिष्ट पार्टी २० औं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकको दूरगामी महत्व र विश्वमा चीनको व्यापक गहन सुधारले ल्याएका अवसरहरूको बारेमा गहन रुपमा आदानप्रदान गरेका छन्।

पाकिस्तानको राष्ट्रिय समाचार समिति, राष्ट्रिय टेलिभिजन, राष्ट्रिय रेडियो, बीओएल टेलिभिजन, थाइल्याण्ड राष्ट्रिय टेलिभिजन, टिभी च्यानल फाइभ, डेली न्यूज, फ्रन्टलाइन, थाई-चिनियाँ समाचार नेटवर्क र थाइल्याण्ड लोकल प्रशासन समाचारपत्र लगायतका सञ्चारमाध्यमहरुले संवादको समाचार प्रकाशित गरेका छन्।