इराकका प्रधानमन्त्रीद्वारा अमेरिकी विदेशमन्त्रीसँग टेलिफोन वार्ता
2024-08-05 15:20:41cri
Share with:

इराकी प्रधानमन्त्रीको मिडिया कार्यालयले स्थानीय समयअनुसार अगस्ट ४ तारिख एउटा वकतव्य प्रकाशित गर्दै इराकका प्रधानमन्त्री सुडानीले सोही दिन अमेरिकी विदेशमन्त्री ब्लिन्केनसँग टेलिफोन वार्ता गरेको जनाएको छ। वार्तामा दुवै पक्षले क्षेत्रीय र अन्तर्राष्ट्रिय परिस्थितिको विकास,अन्तर्राष्ट्रिय शान्ति र स्थायित्व कायम गर्न र क्षेत्रीय तनाव बढ्नबाट रोक्नका लागि इराकको भूमिका आदि विषयमा छलफल गरेका छन्।

 

सुडानीले क्षेत्रीय अवस्थालाई नियन्त्रण गर्न गाजा पट्टीविरुद्ध आक्रमण रोक्नुपर्ने तथा इजरेलको अन्तर्राष्ट्रिय कानूनको बारम्बार उल्लङ्घन र अन्य देशहरूको सार्वभौमसत्ताको उल्लङ्घन तथा द्वन्द्व र संकटहरूको अन्त्यमा निर्भर रहने कुरामा जोड दिनुभयो।

 

ब्लिन्केनले भन्नुभयो कि,“अमेरिकाले इराकलाई क्षेत्रीय अवस्थालाई नियन्त्रण गर्न र सबै पक्षहरूबाट हुने घटनाहरू बढ्नबाट रोक्न भूमिका खेल्न तथा क्षेत्रीय स्थायित्व र सुरक्षा कायम गर्न इराकलाई समर्थन गर्ने आशा गरेको छ।”