अगष्ट ५ तारिख चीन सरकारका मध्य पूर्वी समस्या सम्बन्धी विशेषदूत चाइ च्युनले निर्धारित समय अनुसार स्विजर्ल्याण्डका मध्य पूर्वी मामिला सम्बन्धी विशेषदूत ब्रुल्हार्टसँग टेलिफोन वार्ता गर्नुभएको छ।
टेलिफोन वार्ता क्रममा विशेषदूत ब्रुल्हार्टले चीनको मध्यस्थतामा प्यालेष्टाइनका १४ वटा समूह बीच चीनमा मेलमिलापयुक्त संवाद आयोजना गरिएको र पृथकतावाद अन्त्य गरी सँगै मिलेर प्यालेष्टाइनी राष्ट्रिय एकतालाई सबल पार्ने पैचिङ घोषणा पत्रमा हस्ताक्षर गरेकोमा चीनको प्रशंसा गर्नुभएको छ।
विशेषदूत चाइ च्युनले प्यालेष्टाइनका विभिन्न समूह बीच पैचिङमा मेलमिलापयुक्त संवादको आयोजना गरिएको विषयबारे जानकारी दिनुका साथै स्विजर्ल्याण्डसँगै मिलेर क्षेत्रीय शान्ति र स्थिरतालाई प्रवर्द्धन गर्नका लागि सकारात्मक योगदान गर्दै जान चीन इच्छुक रहेको औँल्याउनुभएको छ।