केन्द्रीय प्रचार टोलीले विभिन्न स्थानमा सीपीसीको २० औँ महाधिवेशनको तेस्रो पूर्ण बैठकको भावना प्रचार गर्दै
2024-08-05 17:07:21cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ महाधिवेशनको तेस्रो पूर्ण बैठकको भावनाको अध्ययन र कार्यान्वयन गर्ने केन्द्रीय प्रचार टोलीका सदस्यहरूले हाल विभिन्न स्थानमा गहन रुपमा प्रचार गर्नुका साथै आधारभूत निकायका कर्मचारी तथा सर्वासधारणसँग अन्तरक्रिया गर्दै बैठकको भावनालाई जनताको मनसम्म पुर्याउन प्रयास गरिरहेका छन्।

 

केन्द्रीय प्रचार टोलीका सदस्य, चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत शिक्षा मन्त्रालयको समितिका सचिव एवम शिक्षा मन्त्री ह्वाई चिन फङले शिक्षा प्रणालीमा प्रचार प्रतिवेदन प्रस्तुत गर्दै बैठकको निर्णयमा रहेको शिक्षाको समग्र सुधारका नयाँ योजना र नयाँ आवश्यकताबारे चौतर्फी रुपमा व्याख्या गर्नुभएको छ।

 

केन्द्रीय प्रचार टोलीका सदस्य, चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत राज्य परिषदको सरकारी सम्पत्ति व्यवस्थापन समिटीका सचिव एवम प्रमुख चाङ यु चोले सरकारी सम्पत्ति र केन्द्रीय उद्यम प्रणालीमा प्रचार प्रतिवेदन प्रस्तुत गर्नुभएको छ। यसै गरी, केन्द्रीय प्रचार टोलीका सदस्य, केन्द्रीय नीति अनुसन्धान कार्यालयका उप-निर्देशक थाङ फाङ युले नाच चिङमा प्रचार प्रतिवेदन प्रस्तुत गर्नुभयो।