अष्ट्रेलियाले आतङ्कवादको खतराको स्तर बढाउने घोषणा
2024-08-05 17:06:42cri
Share with:

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले ५ तारिख घोषणा गर्नुभए अनुसार, अष्ट्रेलियाले आतङ्कवादको खतरा स्तरलाई “सम्भावित”बाट “निकै सम्भावित”मा बढाएको छ।

 

अल्बानीजले ५ तारिख क्यानबेरामा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो। उहाँका अनुसार, राष्ट्रिय सुरक्षा समितिले अष्ट्रेलियाली गुप्तचर सेवाको छोटो विवरण सुनेपछि खतरा स्तर बढाउने निर्णय गरेको हो।

 

अष्ट्रेलियाली गुप्तचर सेवाका प्रमुख माइक बर्गसले पत्रकार सम्मेलनमा बोल्दै यस वर्षको अप्रिलदेखि सो संस्थाले ८ वटा सम्भावित आतङ्कवादी आक्रमणलाई विफल पारिसकेको पनि बताउनुभयो।