नेपालमा चिनियाँ चिकित्सा पुनर्स्थापना उपचार केन्द्रको उद्घाटन
2024-08-05 17:08:47cri
Share with:

नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय परम्परागत चिनियाँ औषधी पुनर्स्थापना तथा उपचार केन्द्रको आइतबार उद्घाटन गरिएको छ। नेपालको भरतपुरमा रहेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उक्त केन्द्र सञ्चालनमा आएको हो।

उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै नेपालका लागि चिनियाँ राजदूत छन सोङले लम्बरको समस्या भएका एकजना बिरामीले ३० डिग्रीसम्म कम्मर मात्र झुकाउन सक्ने र उपचारपछि ९० डिग्रीसम्म आफ्नो ढाडलाई सिधा पार्न सक्ने भएकाले स्थानीय जनतामा अकुपंक्चर उपचार लोकप्रिय भएको बताउनुभयो।

विगत २५ वर्षमा नेपाली चिकित्सकसँगै नेपाली जनताको स्वास्थ्य सुधारका लागि मेमोरियल क्यान्सर अस्पतालमा २५० भन्दा बढी चिनियाँ चिकित्सक टोली पठाइएको सोङले बताउनुभयो। सन् १९९८ को डिसेम्बरमा नेपाललाई हस्तान्तरण गरेदेखि नै चीनको सहयोगमा बनेको अस्पतालमा चिनियाँ मेडिकल टोलीहरू आलोपालो पठाइएको जानकारी समेत दिनुभएको थियो।

अस्पताल सञ्चालक समितिका अध्यक्ष विजय राई न्यौपानेले जनशक्ति आपूर्ति, चिकित्सा उपकरण तथा औषधी चन्दा र चिकित्सक तथा प्राविधिकहरुको तालिम लगायतका क्षेत्रमा चीनले गरेको सहयोगको प्रशंसा गर्नुभएको छ।