रुस र इजिप्टका विदेशमन्त्रीद्वारा फोन वार्ता, प्यालेस्टाइन र इजरेलबीचको अवस्था र अन्य विषयमा छलफल गर्न
2024-08-05 15:18:49cri
Share with:

अगस्ट ४ तारिखमा रुसी विदेशमन्त्री सर्गेई लाभरोभले इजिप्टका विदेशमन्त्री बेडेल अब्देल अट्टीसँग फोनवार्ता गर्नुभएको छ। दुवै पक्षले प्यालेस्टाइन र इजरेलको अवस्था र दुई देशबीचको सम्बन्धलगायतका विषयमा छलफल गरेका छन्।

 

लाभरोभले अट्टीलाई आफ्नो नयाँ पद ग्रहण गरेकोमा बधाई दिँदै दुवै देशको हितका लागि लाभदायक सबै क्षेत्रमा सहकार्यलाई सुदृढ पार्ने आशा व्यक्त गर्नुभयो। अट्टीले इजिप्टले रुससँगको सम्बन्धलाई महत्व दिएको र विभिन्न क्षेत्रमा दुई देशबीचको सहकार्यलाई सुदृढ गर्न तत्पर रहेको बताउनुभयो।

 

क्षेत्रीय सुरक्षा र स्थायित्व कायम गर्न र क्षेत्रलाई द्वन्द्वको दुष्चक्रमा फस्नबाट जोगाउन प्रयासलाई बलियो बनाउनुपर्नेमा दुवै पक्ष सहमत भएका छन्।