चिनियाँ समुद्र प्रहरी व्यूरोका प्रवक्ता कान युले अगस्ट ३ तारिखदेखि फिलिपिन्सको मत्स्यपालन तथा जलीय संसाधन व्यूरोको गस्ती डुङ्गा र धेरै माछा मार्ने डुङ्गाले अवैध बसाइ गरिएको फिलिपिन्सको नम्बर ९७०१ जहाज नजिकैको समुद्रमा गतिविधि चालेको र चिनियाँ समुद्र प्रहरीले कानून अनुसार सम्पूर्ण प्रक्रियालाई प्रभावकारी रूपमा नियन्त्रण गरेको बताउनुभएको छ।
चीनको सियानबिन रीफसहित नान्शा टापुहरू र यसको छेउछाउको समुद्रमा निर्विवाद सार्वभौमिकता छ। सियानबिन रीफमा फिलिपिन्सको जहाजलाई अवैध रूपमा राखेर चीनको क्षेत्रीय सार्वभौमिकता र सामुद्रिक अधिकार र हितको उल्लङ्घन गरेको छ, दक्षिण चीन सागरमा पक्षहरूको आचरणसम्बन्धी घोषणाको उल्लङ्घन गरेको छ र दक्षिण चीन सागरमा शान्ति र स्थिरतालाई कमजोर तुल्याएको छ।