अगस्ट ५ तारिख संयुक्त राष्ट्रसंघका लागि चीनका उप-स्थायी प्रतिनिधि ताई पिङले अन्तर्राष्ट्रिय फौजदारी अदालतको सुडानसम्बन्धी मुद्दाहरूको समीक्षा गर्ने क्रममा सुरक्षा परिषद्मा “अन्तर्राष्ट्रिय फौजदारी अदालतले डार्फरको अवस्थासँग सम्बन्धित अनुसन्धान मुद्दाहरू हेर्दा यसले “अन्तर्राष्ट्रिय फौजदारी कानून रोम विधान र सुरक्षा परिषदको अधिकार बमोजिम,स्वतन्त्र, निष्पक्ष र कानून बमोजिम आफ्नो शक्तिको प्रयोग गर्न तथा सुडानको न्यायिक सार्वभौमसत्ताको पूर्ण सम्मान गर्न” आग्रह गर्नुभएको छ।
ताई पिङले सुडानमा १६ महिनादेखि द्वन्द्व भइरहेको भन्दै चीनले सधैँ राजनीतिक समाधानबाट द्वन्द्वलाई शान्त पार्ने र शान्ति पुनर्स्थापना गर्ने एकमात्र सम्भाव्य उपायको रूपमा वकालत गरेको पनि बताउनुभयो।
ताई पिङले अन्तर्राष्ट्रिय फौजदारी अदालतमा चीनको अडान परिवर्तन नभएको बताउनुभयो। अन्तर्राष्ट्रिय फौजदारी अदालतले अन्तर्राष्ट्रिय कानूनलाई समान रूपमा लागू गर्ने र अन्तर्राष्ट्रिय र क्षेत्रीय ‘हट स्पटहरू’ समावेश भएका मुद्दाहरू सम्बोधन गर्दा रचनात्मक भूमिका खेल्ने चीनको आशा छ।