अमेरिकी एन्टिडोपिङ एजेन्सीको झुट र दोहोरो मानक
2024-08-06 17:26:06cri
Share with:

चीनको एन्टिडोपिङ केन्द्रले अगस्त ६ तारिख "अमेरिकी ओलम्पिक खेलाडी एरियान नाइटनमा स्टेरॉयड परीक्षण सकारात्मक रहेको वक्तव्य" सार्वजनिक गरेको छ।

 

सो वक्तव्य अनुसार, अमेरिकी एन्टिडोपिङ एजेन्सीको कथन र वास्तविक क्रियाकलापमा अन्तर्विरोध रहेको छ। चीनका पौडी खेलाडीहरूको डोपिङको समस्याको सामना गर्दा अमेरिकी एन्टिडोपिङ एजेन्सीले "दोहोरो मानक" प्रदर्शन गरेको छ।

 

अमेरिकी एन्टिडोपिङ एजेन्सीले आफ्ना खराब अभ्यासहरूलाई बेवास्ता गरेतापनि अन्य देशहरूमा सजाय गर्न माग गर्दछ। यो ठूलो राजनीतिक चालबाजीको उदाहरण र दोहोरो मानक भएको भनी सो वक्तव्यमा जोड दिइएको छ।