अन्तर्राष्ट्रिय समुदायलाई चिनियाँ कम्युनिष्ट पार्टी २० औँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले दिने महत्त्वपूर्ण सन्देश अरु राम्रोसँग बुझाउनका लागि चीन, रूस, क्यानडा र भारत चार देशका थिङ्क ट्याङ्कहरूले सँगै मिलेर "समस्याको समाधान: नयाँ युगमा चीनको समग्र सुधार र उच्च स्तरको खुलापन प्रक्रिया र सन् २०२९, २०३५ को परिकल्पना" शीर्षकमा अध्ययन प्रतिवेदन प्रकाशित गरेका छन्। अगष्ट ५ तारिख प्रकाशित उक्त प्रतिवेदनमा चीनले सुधार र खुलापनमा निरन्तरता दिने दृढ संकल्पको व्याख्यालाई थप स्पष्ट पारेको छ।
यस प्रतिवेदनले चिनियाँ कम्युनिष्ट पार्टीको १८ औं महाधिवेशनदेखि चीनले लागू गरेका विभिन्न सुधारका ठोस उपायहरूलाई ६ प्रकारमा संक्षेप गरेको छ: गरिबीविरुद्ध, अडिको विरुद्ध, प्रदूषणविरुद्ध, भ्रष्टाचारविरुद्ध, प्रभूत्वविरुद्ध र संकटविरुद्ध। यी ६ प्रकारका उपायहरूमा स्पष्ट उपलब्धिहरू प्राप्त भएका छन् भने सुधार र समस्या समाधानमा उल्लेखनीय प्रगति हासिल भएको छ।