पूर्वी टिमोरका राष्ट्रपतिद्वारा चीनको प्रशंसा
2024-08-07 17:13:32cri
Share with:
पूर्वी टिमोरका राष्ट्रपति जोसे मानुएल रामोस ओर्ताले जुलाई २८ देखि ३१ तारिखसम्म चीनको भ्रमण गर्नुभएको छ। दुवै देशबीच दौत्य सम्बन्ध कायम गरिएयता पूर्वी टिमोरका राष्ट्रपतिले चीनको राजकीय भ्रमण गर्नुभएको यो पहिलो पटक हो।
राष्ट्रपति ओर्ताले चाइना मिडिया ग्रुपलाई विशेष अन्तर्वार्ता दिँदै चिनियाँ जनताले मात्र विश्वका विपन्न जनसंख्यालाई किन्नसक्ने माल सामान प्रदान गर्न सक्छन् भन्ने कुरा औँल्याउनुभएको छ। “यो चीनको बुद्धिमता नै हो।” उहाँले भन्नुभयो।