पाकिस्तानका प्रधानमन्त्री: चीनको विकासले हामीलाई उदाहरण र नयाँ समाधानहरू प्रदान गर्दछ
2024-08-07 15:03:42cri
Share with:

पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले ६ तारिख इस्लामाबादस्थित प्रधानमन्त्री कार्यालयमा सीएमजीका पत्रकारसँगको विशेष अन्तर्वार्तामा चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक निकै सफल भएको र यसबाट पाकिस्तानलाई पनि फाइदा हुने बताउनुभएको छ।

 

शाहबाजले विशेष अन्तर्वार्तामा चीनको विकास उपलब्धिहरूलाई "चमत्कार" भनेर बारम्बार प्रशंसा गर्नुभएको छ। शाहबाजले भन्नुभयो: "चीनको विकासले पाकिस्तानलाई उदाहरण र नयाँ समाधानहरू प्रदान गरेको छ। हामीले चिनियाँ मोडेलबाट पाठ सिक्नुपर्छ र पाकिस्तानको स्वतन्त्र र द्रुत विकास हासिल गर्नुपर्छ।"

 

शाहबाजले चीनको उच्च स्तरीय खुलापन संयन्त्रको सुधारलाई चालेका कदमहरू सकारात्मक रहेको बताउनुभयो। उहाँले चीन–पाकिस्तान इकोनोमिक करिडोर ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ को पाइलट प्रोजेक्ट भएको र यसबाट पाकिस्तानलाई धेरै फाइदा भएको बताउनुभयो।

 

शाहबाजले सी चिनफिङको विश्वव्यापी विकास पहलको पनि उच्च चर्चा गर्नुभयो। विश्वका सबै देश र क्षेत्रलाई साझा विकास र समृद्धिको बाटोमा लैजाने महान् भिजन भएको उहाँको विश्वास छ।