केन्द्रीय प्रचार टोलीले विभिन्न स्थानमा सीपीसी २० औँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकको भावना प्रचार गर्दै
2024-08-07 17:14:27cri
Share with:

 

चिनियाँ कम्युनिष्ट पार्टी २० औँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकद्वारा पारित निर्णय भावनाको अध्ययन र कार्यान्वयन गर्ने केन्द्रीय प्रचार टोलीका सदस्यहरूले हाल हु नान तथा ह नान प्रान्तमा गहन रुपमा प्रचार गर्नुका साथै आधारभूत निकायका कर्मचारी तथा सर्वासधारणसँग अन्तरक्रिया गरिरहेका छन्।

केन्द्रीय प्रचार टोलीका सदस्य, केन्द्रीय पार्टी विद्यालयका दैनिक कार्यका उप-प्रिन्सिपल श्ये छुन थाउले हालै छाङ शामा एक प्रवचन प्रतिबेदन प्रस्तुत गर्दै तेस्रो पूर्ण बैठकको महत्त्व, महासचिव सी चिन फिङका महत्त्वपूर्ण सम्बोधनका भावना लगायत विषयहरुमा चौतर्फी प्रवचन र गहिरो व्याख्या गर्नुभएको छ।

केन्द्रीय प्रचार टोलीका सदस्य, चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत राष्ट्रिय बजार निगरानी प्रशासन समितिका सचिव एवं प्रमुख लो वनले चङ चौमा प्रवचन प्रतिबेदन प्रस्तुत गर्नुभएको छ।