अगस्ट ६ तारिख चिनियाँ परराष्ट्र मन्त्री वाङ यीले जोर्डनका उपप्रधानमन्त्री एवम् विदेशमन्त्री सफादीसँग टेलिफोन वार्ता गर्दै मध्यपूर्वको स्थिति सम्बन्धमा विचार आदानप्रदान गर्नुभएको छ।
सफादीले हमास नेता हानियाहको हत्याले मध्यपूर्वमा थप तनाव बढेको र अवस्था निकै खतरनाक भएको बताउनुभयो। उहाँले भन्नुभयो, जोर्डन विश्वास गर्दछ कि द्वन्द्व बढ्दै जाँदा कुनै पनि पक्षलाई फाइदा हुँदैन र यसले धेरै नोक्सान मात्र पुर्याउँछ। अन्तर्राष्ट्रिय समुदायले द्वन्द्वको वृद्धिबाट जोगिन, गाजामा जतिसक्दो चाँडो युद्धविराम हासिल गर्न र अन्ततः "दुई-राज्य समाधान" मार्फत स्वतन्त्र प्यालेस्टाइन राज्यको स्थापना गर्न तत्काल कदम चाल्नुपर्छ।
वाङ यीले उक्त हत्याको चीनले दृढतापूर्वक विरोध र कडा निन्दा गरेको औँल्याउनु भयो। उहाँले भन्नुभयो, यस सम्बन्धमा अन्तर्राष्ट्रिय समुदायले अझ बढी सर्वसम्मत आवाज उठाउनुका साथै एक संयुक्त बल बनाउनु पर्छ।