खेलकुदमा अमेरिकी आधिपत्य विरुद्ध विश्वव्यापी आक्रोश
2024-08-07 18:29:26cri
Share with:

संयुक्त राज्यले तथाकथित डोपिङ मुद्दालाई बढाइचढाइ गर्दैछ। यसका आधारहीन कार्यहरूले अन्तर्राष्ट्रिय समुदायबाट आलोचनाको बाढी ल्याएको छ। सीजीटीएनद्वारा गरिएको एक अनलाइन सर्वेक्षण अनुसार, ९५.०१ प्रतिशत उत्तरदाताहरूले खेलकुदका नाममा विपक्षीहरूलाई दमन गरेको भन्दै संयुक्त राज्य अमेरिकाको कडा निन्दा गरेका छन्। उनीहरुले यसलाई "अमेरिकी आधिपत्य" देखाउँदै ओलम्पिक खेललाई अमेरिकाले कुल्चिएको भन्दै आलोचना गरेका छन्।

यो सर्वेक्षण सीजीटीएनको अंग्रेजी, स्पेनिश, फ्रेन्च, अरबी र रुसी प्लेटफर्ममा प्रकाशित भएको हो। जसमा १५,२४४ नेटिजन्सले भोट दिएर २४ घण्टाभित्र आफ्नो विचार व्यक्त गरेका थिए।