चीनका परराष्ट्र मन्त्री वाङ यी र इजिप्टका परराष्ट्र मन्त्री बडेल अब्दुल अतीबीच फोनमार्फत् मध्यपूर्व परिस्थितिबारेमा विचार आदानप्रदान
2024-08-07 15:28:43CRI
Share with:

सन् २०२४ अगस्ट ६ तारिख, चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका सदस्य तथा चीनका परराष्ट्र मन्त्री वाङ यीले इजिप्टको परराष्ट्र तथा अध्यागमन मन्त्री बडेल अब्दुल अतीसँग फोनवार्ता गर्नुभएको छ।

दुवै पक्षले मध्यपूर्व परिस्थितिबारेमा विचार आदानप्रदान गरेका छन्। वाङ यीले हाल गाजा द्वन्द्व अन्तर्राष्ट्रिय समुदायको केन्द्रबिन्दु भएको र निरन्तर द्वन्द्वको कारणले गम्भीर मानवीय विपत्ति भएको बताउनुभएको छ।

वाङ यीले भन्नुभएको छ, ‘संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले युद्धविराम घोषणा गरे पनि युद्धको अवस्था अझै छ। हमासका राजनीतिक व्यूरोका अध्यक्ष हानियाको तेहरानमा हत्या गरिएपछि क्षेत्रीय परिस्थिति थप खतरनाक बनेको छ। सो हत्या कार्यले संयुक्त राष्ट्र संघको बडापत्रको मूल सिद्धान्त र इरानको सार्वभौमिकताको उल्लङ्घन गरेको छ र शान्तिका विभिन्न प्रयासलाई कमजोर पारेको छ र गाजा युद्धविराम कठिन बनेको छ। यसको हामीले विरोध गर्नुपर्छ र निन्दा गर्नुपर्छ।’