फिलिपिन्स र जर्मनीद्वारा यस वर्ष रक्षा सहयोग सम्झौतामा हस्ताक्षर गर्ने प्रतिबद्धता
2024-08-07 15:02:29cri
Share with:

अगस्ट ६ तारिख चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताले यस वर्ष रक्षा सहयोग सम्झौतामा हस्ताक्षर गर्ने फिलिपिन्स र जर्मनीको प्रतिबद्धताबारे पत्रकारको प्रश्नको जवाफ दिएका छन्।

 

रिपोर्टका अनुसार, फिलिपिन्स र जर्मनीले इन्डो-प्यासिफिक क्षेत्रमा अन्तर्राष्ट्रिय नियम र व्यवस्थाको रक्षा गर्न अगस्ट ४ तारिख यसै वर्ष रक्षा सहयोग सम्झौतामा हस्ताक्षर गर्ने प्रतिबद्धता जनाएका छन्।

 

सोबारे चीनको टिप्पणी के छ?

 

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले भन्नुभयो कि,“दक्षिण चीन सागरमा चीनको क्षेत्रीय सार्वभौमिकता,सामुद्रिक अधिकार र हितका दाबीहरू अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय अभ्यास अनुरूप छन्। फिलिपिन्सले अहिले दक्षिण चीन सागरमा समस्या निम्त्याइरहेको छ। फिलिपिन्सका केही व्यक्तिहरूले आफ्नो गलत धारणालाई सच्याउनुपर्छ र आधारहीन आरोपहरू बन्द गर्नुपर्छ। हामी आशा गर्छौँ कि क्षेत्र बाहिरका देशहरूले क्षेत्रीय शान्ति र स्थायित्व कायम गर्नका लागि थप कार्यहरू गर्नेछन्। ”