विश्व एण्टी डोपिङ निकायद्वारा अमेरिकामा प्रतिबन्धित खेलाडीहरूप्रति गरिएका कारवाहीहरूको गहिरो आलोचना
2024-08-08 17:51:12cri
Share with:
क्यानाडाको मान्ट्रियल अवस्थित विश्व एण्टी डोपिङ निकायले स्थानीय समय अगष्ट ७ तारिख बेलुकी एउटा वक्तव्य जारी गर्दै सोही दिनको सबेरै भएको एउटा रिपोर्टबारे प्रतिक्रिया दिएको छ। जसले अमेरिकी एण्टी डोपिङ केन्द्रले विगत धेरै वर्षदेखि डोपिङ गर्ने खेलाडीहरूलाई प्रतिस्पर्धामा भाग लिन दिन अनुमति दिएको चुहाउँदै यस्ता गतिबिधिले प्रत्यक्ष रूपमा “विश्व एण्टी डोपिङ नियम” र अमेरिकी एण्टी डोपिङ केन्द्रका आफ्नै नियमहरूको उल्लङ्घन गरेको उल्लेख गरेको छ।
विश्व एण्टी डोपिङ निकायले यस प्रकारको गतिबिधिले केवल खेल प्रतिस्पर्धाको निष्पक्षतालाई उल्लङ्घन गरेको मात्र होइन, सम्बन्धित खेलाडीहरूको सुरक्षामा पनि खतरा निम्त्याउने ठहर गरेको छ।