चालु वर्षको पहिलो सात महिनामा चीनको वैदेशिक व्यापार नयाँ उचाइमा
2024-08-08 15:06:13cri
Share with:
चालु वर्षको पहिलो सात महिनामा चीनको क्षेत्रीय वैदेशिक व्यापार अझ सन्तुलित, उच्च-स्तर र उच्च-गुणस्तरको दिशातर्फ अघि बढेको छ र क्षेत्रीय खुलापनको रूपरेखा अनुकूलित रहेको छ।
चिनियाँ भन्सार तथ्याङ्कले यो वर्षको पहिलो सात महिनामा चीनको पूर्वी क्षेत्रको आयात निर्यात १९९.३ खर्ब चिनियाँ युआन पुगेको देखाएको छ, जुन वार्षिक रूपमा ७.१ प्रतिशतले बढेको छ। चीनको मध्य र पश्चिमी क्षेत्रको आयात र निर्यात ४१.८ खर्ब चिनियाँ युआन रहेको छ, जुन २.५ प्रतिशतले वृद्धि भएको छ। चीनको उत्तरपूर्वी क्षेत्रको आयात र निर्यात ७ खर्ब १७ अर्ब ५८ करोड चिनियाँ युआन रहेको छ र २.१ प्रतिशतको वृद्धि भएको छ।