चिनियाँ एण्टी डोपिङ केन्द्रले अगष्ट ८ तारिख “अमेरिकी एथलेटिक्स खेलाडीहरूको डोपिङ परीक्षणको आवृत्ति वृद्धि गरौँ, विश्वका खेलाडीहरूको निष्पक्ष प्रतियोगितामा विश्वास पुनर्स्थापना गरौँ” शीर्षकमा एक लेख सार्वजनिक गरेको छ।
उक्त लेखमा अन्तर्राष्ट्रिय परीक्षण संस्थानलाई पेरिस ओलम्पिकको अवधिमा अमेरिकी एथलेटिक्स खेलाडीहरूका लागि डोपिङ परीक्षणको आवृत्ति वृद्धि गर्नका लागि कडा शब्दमा आग्रह गरिएको छ। साथै, एथलेटिक्स इमानदारी समितिलाई अमेरिकी एथलेटिक्स घटनाहरूमा एण्टी डोपिङ निगरानीलाई कडा बनाउन सुझाव दिइएको छ। जसबाट सबै देशका सफा खेलाडीहरूको वैधानिक हक र अधिकारको संरक्षण गर्न सकियोस् र निष्पक्ष प्रतियोगिताप्रति विश्वका खेलाडीहरूको विश्वास पुनर्स्थापना गर्न सकियोस्।