केही समयअघि चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक पैचिङमा सफलतापूर्वक सम्पन्न भएको छ। जहाँ चीनको सुधारलाई व्यापक रूपमा गहिरो बनाउने र चिनियाँ शैलीको आधुनिकीकरणलाई खुला गर्ने र प्रवर्द्धन गर्नेलगायतका विषय विश्वव्यापी रूपमा ध्यानाकर्षित भएको छ। धेरै देशका प्रख्यात विज्ञ, विद्वान र वरिष्ठ सञ्चारकर्मीहरूले विगत ४६ वर्षमा चीनले सुधार र खुलापनमा हासिल गरेको ठूला उपलब्धिबारे सकारात्मक टिप्पणी गर्नुभएको छ। चीनको सफल अनुभवले विश्वलाई आधुनिकीकरणको समस्या समाधान गर्न बहुमूल्य प्रेरणा मिलेको उहाँहरूको विश्वास छ।
बंगलादेशको ढाका विश्वविद्यालयको स्कुल अफ इन्टरनेशनल रिलेसनका प्राध्यापक अब्दुल हक र जहाँगीर नगर विश्वविद्यालयको स्कूल अफ इन्टरनेशनल रिलेसनका प्राध्यापक शाहब खानले चिनियाँ शैलीको आधुनिकीकरणले ‘आधुनिकीकरण भनेको पश्चिमीकरण हो’भन्ने भ्रम तोडेको बताउँदै आधुनिकीकरणका समस्याहरू समाधान गर्न विकासोन्मुख देशहरूका लागि "सुनौलो कुञ्जी" भएको औँल्याउनुभयो।
म्यानमारको "बेल्ट एण्ड रोड" ग्लोबल रिसर्च नेटवर्कका सदस्य उ खिन माउङ सोले भन्नुभयो कि, “चीनले सुधार र खुलापनमार्फत आफ्नो विकास मात्र हासिल गर्दैन, "बेल्ट एन्ड रोड" को उच्च गुणस्तरको संयुक्त निर्माणमार्फत आर्थिक वृद्धि, सामाजिक विकास र पर्यावरण संरक्षण बीच सन्तुलन गर्न सम्बन्धित देशहरूलाई मद्दत गर्दछ।”
कम्बोडियाको रोयल एकेडेमी चिनियाँ इन्स्टिच्युटका निर्देशक को यिङलुनले विश्वको दोस्रो ठूलो अर्थतन्त्रका रूपमा चीनको स्थायित्वकर्ताको भूमिका पहिलेभन्दा बढी महत्वपूर्ण भएको व्यक्त गर्नुभयो।