८ तारिख संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक चरमपन्थी सङ्गठन ‘इस्लामिक स्टेट’ बाट उत्पन्न अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा परेको खतराबारे बसेको थियो। चिनियाँ प्रतिनिधिले आफ्नो सम्बोधनमा जटिल र गम्भीर आतङ्कवादको अवस्थाको सामना गरिरहेको परिप्रेक्ष्यमा राष्ट्रिय, क्षेत्रीय र विश्व स्तरमा सबै देशले सहकार्यलाई सुदृढ गर्दै यसको सामना गर्न मिलेर काम गर्नुपर्ने बताउनुभयो।
संयुक्त राष्ट्र संघका लागि चीनका उप-स्थायी प्रतिनिधि कङ श्वाङले भन्नुभयो,“सबै देशले अन्तर्राष्ट्रिय सहमति निर्माण गरी सबैभन्दा ठूलो तालमेल स्थापना गर्नुपर्छ।”
उहाँले आतङ्कवादविरूद्धको बललाई ठूला शक्तिहरूबीचको खेलको औजार तथा भूराजनीतिमा बार्गेनिङ चिप बनाउन नहुने पनि औँल्याउनुभयो। उहाँले भन्नुभयो, “अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने बहानाको रूपमा प्रयोग गर्न सकिँदैन, सबै देशहरूले साझा सुरक्षाको अवधारणालाई कायम राख्नुपर्छ, वैचारिक पूर्वाग्रह, दोहोरो मापदण्ड र छनोटपूर्ण प्रतिआतङ्कवादको अन्त्य गर्नुपर्छ, प्रत्येक देशको सुरक्षालाई साँच्चै सम्मान र संरक्षण गर्नुपर्छ।”