चिनियाँ परराष्ट्र मन्त्रालयद्वारा बंगलादेशी जनताले स्वतन्त्र रूपमा रोजेको विकास मार्गको सम्मान
2024-08-09 14:58:01cri
Share with:

 अगस्ट ९ तारिख चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताले बंगलादेशमा अन्तरिम सरकारको स्थापनाबारे पत्रकारको प्रश्नको जवाफ दिएको छ।

 

एक पत्रकारले बंगलादेशले अगस्ट ८ तारिख अन्तरिम सरकार स्थापना गर्दै नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसलाई अन्तरिम सरकारको मुख्य सल्लाहकार बनाइएको सम्बन्धमा चीनको टिप्पणी के छ भनी प्रश्न राखेका थिए।

 

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताले यसरी जवाफ दिनुभयो: चीनले बंगलादेशको अन्तरिम सरकारको स्थापनालाई स्वागत गर्दछ। चीनले सधैँ अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तको पालना गरेको छ, बंगलादेशको स्वतन्त्रता, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गरेको छ, बंगलादेशी जनताले स्वतन्त्र रूपमा रोजेको विकास मार्गलाई सम्मान गरेको छ र सधैँ असल छिमेकी र मैत्रीपूर्ण नीति अवलम्बन गरेको छ।