“नयाँ युगमा चीनको सुधारको गहिराईबाट ल्याउने विश्वको अवसर” वैश्विक संवाद सम्मेलन अन्तर्गत कम्बोडियाको विशेष सत्र सफलतापूर्वक सम्पन्न
2024-08-10 19:41:02cri
Share with:

चाइना मिडिया ग्रुप, कम्बोडियाका लागि चिनियाँ राजदूतावास र कम्बोडियाको राजकीय अनुसन्धान संस्थाले संयुक्त रूपमा आयोजना गरेको “नयाँ युगमा चीनको सुधारको गहिराईबाट ल्याउने विश्वको अवसर” वैश्विक संवाद सम्मेलन अन्तर्गत कम्बोडियाको विशेष सत्र अगष्ट ९ तारिख पेनंपेनमा सफलतापूर्वक सम्पन्न भएको छ।

कम्बोडियाको राजकीय अनुसन्धान संस्थाका अध्यक्ष सोक टच  र कम्बोडियाका लागि चिनियाँ राजदूत वाङ वन पिनले संवाद सम्मेलनमा भाषण दिनुभयो। कम्बोडियाको राजकीय अनुसन्धान संस्था, कम्बोडिया-चीन सम्बन्ध विकास अध्ययन संघ लगायतका संस्थाका थुप्रै विद्वान तथा विशेषज्ञहरु, चीन र कम्बोडियाका सञ्चार माध्यमहरुका  प्रतिनिधिहरू, कम्बोडियामा रहेका चिनियाँ कम्पनीका प्रतिनिधिहरू र कम्बोडियन युवा विद्यार्थी प्रतिनिधिहरू लगायत ३०० भन्दा बढी अतिथिहरूले चिनियाँ कम्युनिष्ट पार्टी २० औँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकको विश्व र कम्बोडियामा पर्ने गहिरो महत्व र दुवै पक्षले उच्च गुणस्तर र उच्च मानकको नयाँ युगको चीन- कम्बोडिया साझा भाग्य सामुदायको निर्माणका नयाँ अवसरहरूबारे गहन रुपमा वैचारिक आदान-प्रदान गर्नुभयो।