चीन-फिजी सम्बन्ध नयाँ उचाइमा पुग्ने चीनको आशा
2024-08-10 17:37:42cri
Share with:

चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा गणतन्त्र फिजीका प्रधानमन्त्री सिटिभेनी राबुकाले अगष्ट १२ देखि २१ तारिखसम्म चीनको औपचारिक भ्रमण गर्नु हुनेछ।

 

अगष्ट ९ तारिख पत्रकारद्वारा सोधिएको सम्बद्ध प्रश्नको जवाफ दिँदै चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले उक्त जानकारी दिनु भएको हो। भ्रमण अवधिमा‍ दुवै देशका नेतागणले चीन-फिजी सम्बन्ध र साझा चासोका महत्वपूर्ण विषयहरूबारे वैचारिक आदानप्रदान गर्नुहुने जानकारी प्रवक्ताले दिनुभएको छ।

 

सो भ्रमणका अवसरमा दुवै देश बीच एकले अर्काको सम्मान गर्ने र साझा विकास हुने सम्पूर्ण रणनीतिक साझेदारी सम्बन्धलाई नयाँ उचाइमा पुर्याउनुका साथै हातमा हात मिलाउँदै अझ घनिष्ट चीन-प्रशान्त महासागरका टापु मुलुकबीचको भाग्य एकरूपता स्थापना गर्दै जान चीन इच्छुक रहेको कुरामा प्रवक्ताले जोड दिनुभएको छ।