सांस्कृतिक आदानप्रदानको माध्यम बन्दै कुङ फु
2024-08-10 18:27:39CRI
Share with:

पेरिस ओलम्पिक खेलकुद सम्पन्न हुन लागेको समयमा विश्वमा खेलको उत्साह कम भएको छैन। अगस्त ११ तारिख यो विशेष दिन केवल ओलम्पिक खेलकुदको समापन दिवस मात्र होइन, बरु विश्व भर मनाइने विश्व मार्शल आर्ट्स दिवस पनि हो। पैचिङको एउटा पार्कको कुनामा, विदेशी र चिनियाँ मार्शल आर्ट्स प्रेमीहरूले भेला भएर एक-अर्कालाई सीपबारे आदान-प्रदान गरिरहेका छन्। कुनै देशको भेदभाव बिना र उमेरको फरक नभएको, प्रत्येक सप्ताहन्तको समयमा भएको मिलनले उनीहरूलाई मार्शल आर्ट्सको अद्वितीय आकर्षण अनुभव गर्न र संस्कृतिका सीमाहरू पार गर्ने मित्रता र विकासको खुसीको अनुभव गर्न मद्दत गरेको छ।