अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष बाहद्वारा पुनः निर्वाचनमा भाग नलिने घोषणा
2024-08-11 19:32:47cri
Share with:

पैचिङ समयअनुसार अगष्ट ११ तारिख अन्तर्राष्ट्रिय ओलम्पिक समितिको १४२ औँ पूर्ण बैठकको समापन समारोहमा वर्तमान अध्यक्ष थोमस बाहले आफूले पुनः निर्वाचनका लागि प्रयास नगर्ने बताउनुभएको छ।

अन्तर्राष्ट्रिय ओलम्पिक समितिले सन् २०२५ को मार्चमा ग्रीसको पुरानो ओलम्पियामा आयोजना हुने सम्मेलनमा नयाँ अध्यक्षको निर्वाचन गर्ने र नयाँ निर्वाचित अध्यक्षले सन् २०२५ को जुन २४ तारिख पद ग्रहण गर्नुहुने बाहले जानकारी दिनुभयो।

सन् २०१३ को सेप्टेम्बर १० तारिख बाह अन्तर्राष्ट्रिय ओलम्पिक समितिका नवौं अध्यक्ष निर्वाचित हुनु भएको थियो। सन् २०२१ को मार्च १० तारिख बाहले पुनः अध्यक्षको पद सम्हाल्नुभयो र उहाँको पदावधि सन् २०२५ सम्म रहनेछ।