चिनियाँ कम्युनिष्ट पार्टी बीसौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकको भावना अध्ययन र कार्यान्वयन गर्न केन्द्रीय प्रचार टोलीका सदस्यहरूले तिब्बत र कानसु प्रान्तमा प्रचार गरिरहेका छन्। यसका साथै उहाँहरुले आधारभूत निकायका कर्मचारी र जनतासँग अन्तरक्रिया र आदान-प्रदान गर्नुभएको छ।
केन्द्रीय प्रचार टोलीका सदस्य, केन्द्रीय नीति अनुसन्धान कार्यालयका उप-प्रमुख थ्यान फै यानले हालै ल्हासामा एक प्रचार प्रतिबेदन प्रस्तुत गर्दै तेस्रो पूर्ण बैठकको भावनाबारेमा व्यापक प्रचार र गहिरो व्याख्या गर्नुभयो।
केन्द्रीय प्रचार टोलीका सदस्य, जन राजनीतिक परामर्शदातृ सम्मेलन राष्ट्रिय समितिका पूर्व उप-सचिव, शु छि मिङले लान चौमा एक प्रचार प्रतिबेदन प्रस्तुत गर्दै सुधारलाई अझ गहन पार्ने महत्वपूर्ण कदमहरूको विषयमा गहिरो व्याख्या र विश्लेषण गर्नुभयो।