चीनका परराष्ट्र मन्त्री वाङ यी र इरानका कार्यवाहक परराष्ट्र मन्त्री बीच टेलिफोन-वार्ता
2024-08-11 20:00:10cri
Share with:

अगष्ट ११ तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यीले निर्धारित समय अनुसार इरानी कार्यवाहक परराष्ट्र मन्त्री अली बागेरीसँग टेलिफोनवार्ता गर्नुभएको छ।

वार्ता क्रममा वाङ यीले इरानसँगै ब्रिक्स मुलुक व्यवस्थाको प्रारूपमा सहकार्यलाई सबल पारी अन्तर्राष्ट्रिय सञ्चालनलाई अझ निष्पक्ष र उचित दिशातर्फ विकसित पार्दै जान चीन इच्छुक रहेको कुरा बताउनुभएको छ।

प्रत्युत्तरमा बागेरीले चीनसित अन्तर्राष्ट्रिय मामिलामा आपसी समन्वयलाई मजबुत पारी इरान-चीन सम्बन्धलाई अझ यथेष्ट रणनीतिक विषय थपिदिन इरान इच्छुक रहेको कुरा बताउनुभयो।

दुवै पक्षले मुख्यत: मध्य पूर्वी परिस्थितिबारे वैचारिक आदानप्रदान गरेका छन्।