केन्द्रीय प्रचार टोलीद्वारा ल्याउ निङ र छिङहाईमा सीपीसी २० औँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकको भावना प्रचार
2024-08-11 19:39:36cri
Share with:
चिनियाँ कम्युनिष्ट पार्टी २० औँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकद्वारा पारित निर्णय भावनाको अध्ययन र कार्यान्वयन गर्ने केन्द्रीय प्रचार टोलीका सदस्यहरूले हाल ल्याउ निङ र छिङहाई प्रान्तमा गहन रूपमा प्रचार गर्नुका साथै आधारभुत निकायका कर्मचारी तथा सर्वसाधारणसँग अन्तर्क्रिया गरिरहेका छन्।
केन्द्रीय प्रचार टोलीका सदस्य, राज्य परिषद् अनुसन्धान कार्यालयको पार्टी समूहका सचिव एवम् प्रमुख ह्वाङ शौ होङले हाल शन याङ शहरमा एक प्रवचन प्रतिवेदन प्रस्तुत गर्नुभएको छ।
केन्द्रीय प्रचार टोलीका सदस्य, राष्ट्रिय स्वास्थ्य परिषद्को पार्टी समूहका सचिव एवम् प्रमुख लै हाई छाउले सी निङ शहरमा एक प्रवचन प्रतिवेदन पनि दिनुभएको छ।