चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समिति र चिनियाँ राज्य परिषदद्वारा चिनियाँ खेल प्रतिनिधि मण्डललाई बधाई व्यक्त
2024-08-12 14:55:39CRI
Share with:
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समिति र चिनियाँ राज्य परिषदले ११ तारिख ३३औँ ओलम्पिक खेलकुदमा सहभागी चिनियाँ खेल प्रतिनिधि मण्डललाई बधाई सन्देश पठाएका छन्।
बधाई सन्देशमा उल्लेख भएअनुसार, ३३ औँ ग्रीष्मकालीन ओलम्पिक खेलमा चिनियाँ खेलाडीहरूले दृढतापूर्वक र बहादुरीपूर्वक प्रयास गरेर ४० स्वर्ण पदक, २७ रजत पदक र २४ काँस्य पदक जितेका छन्। सहभागी खेलाडीहरूले खेल उपलब्धि र आध्यात्मिक सभ्यता दुवैमा सफलता प्राप्त गरेका छन्। जसबाट मातृभूमि र जनताका लागि सम्मान जितेका छन्। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समिति र चिनियाँ राज्य परिषदले उनीहरूलाई हार्दिक बधाई र शुभकामना व्यक्त गर्दछ।