३३औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुद ११ तारिख राति पेरिसमा सम्पन्न भएको छ। राष्ट्राध्यक्ष सी चिनफिङका विशेष दूत एवम् चिनियाँ राज्य परिषदका सदस्य चान यीछिन पेरिस ओलम्पिकको समापन समारोहमा सहभागी हुनुभएको छ।
समापन समारोहअघि चान यीछिनले फ्रान्सका राष्ट्रपति माक्रोन र उहाँकी श्रीमतीसँग सौहार्दपूर्ण वार्ता गर्दै राष्ट्राध्यक्ष सी र श्रीमती फङ लीयुआनका तर्फबाट शुभेच्छा प्रकट गर्नुभएको छ। उहाँले पेरिस ओलम्पिक खेलकुद भव्यताका साथ आयोजना गर्न सफल भएकोमा बधाई व्यक्त गर्नुका साथै फ्रान्सले चिनियाँ खेल प्रतिनिधि मण्डललाई समर्थन दिएकोमा पनि धन्यवाद व्यक्त गर्नुभएको छ।
१० तारिख चान यीछिनले अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष थोमस बाखसँग भेट-वार्ता गर्नुभएको छ। चीनले अन्तर्राष्ट्रिय ओलम्पिक समितिसँग उच्च स्तरीय मैत्रिपूर्ण सहयोग सम्बन्धलाई गहन पारेर ओलम्पिक खेलको विकास र मानव भाग्य समुदायको निर्माण गर्न तथा नयाँ र अझ बढी योगदान दिने इच्छा राखेको उहाँले प्रकट गर्नुभएको छ। अध्यक्ष बाखले चिनियाँ खेल प्रतिनिधि मण्डलको उत्कृष्ठ उपलब्धिलाई बधाई व्यक्त गर्नुका साथै ओलम्पिक कार्यमा चीन सरकारको समर्थनमा धन्यवाद व्यक्त गर्नुभएको छ। उहाँले चीनसँग घनिष्ट सहयोग गरेर बहुपक्षीयतालाई समर्थन रहेको व्यक्त गर्नुभएको छ। दुवै पक्षले खेल राजनीतिकरणको विरोधको पक्षमा पनि सहमति जनाएका छन्।