इजरायल र हमासबीच छिटै युद्ध विराम गर्न गुटेरेसद्वारा ताकिता
2024-08-13 18:59:15cri
Share with:

संयुक्त राष्ट्र संघका महासचिव आन्टोनियो गुटेरेसले अगष्ट १२ तारिख गाजा क्षेत्रको एक स्कुलमाथि सैन्य गतिविधि चालेबाट भएको ठूलो मानव हताहतप्रति इजरायलको निन्दा गर्नुभएको छ। उहाँले इजरायल र हमासबीच वार्ता पुनःसुरू गरी युद्ध विराम र नियन्त्रमा राखिएका व्यक्तिलाई रिहा गर्नेबारे सम्झौता सम्पन्न गर्न ताकिता पनि गर्नुभएको छ।

 अन्तर्राष्ट्रिय समूहको युद्ध विराम आह्वानसमक्ष इजरायलले जबरजर्स्ती गाजा क्षेत्रमा सैन्य गतिविधि चलाएको छ। गाजा क्षेत्रको स्वास्थ्य विभागले १२ तारिख जारी गरेको एक तथ्याङ्कका अनुसार, गत ४८ घण्टामा इजरायली सेनाले गाजा क्षेत्रमा सैन्य गतिविधि चालेबाट १४२ जनाको मृत्यु हुनुका साथै १५० जना घाइते भएका छन्।

 संयुक्त राष्ट्र संघीय महासचिवका उप-प्रवक्ता फरहान हकले १२ तारिख बोल्दै गुटेरेसले उत्तरी गाजा क्षेत्रमा अवस्थित धेरै प्यालेष्टाइनी शरणार्थी राखिएको स्कुलमाथि इजरायली सेनाले "विनाशकारी आक्रमण" गरेबाट महिला र बालकालिकालगायत धेरै व्यक्तिको मृत्यु भएकोमा निन्दा गर्नुभएको बताउनुभयो।